अपहरणमा परेका बालकको हत्या, प्रहरी इन्काउन्टरमा दुई अपहरणकारीको मृत्यु

काठमाडौं । काँडाघारीबाट आइतबार अपहरणमा परेका ११ वर्षीय बालकको हत्या भएको छ ।

सिन्धुपाल्चोक घर भइ काँडाघारीमा बस्ने निशान खड्काको अपहरणकारीले सोमबार हत्या गरेका हुन् । अपहरणमा संलग्न २ जना व्यक्ति पनि प्रहरी कारबाहीमा मारिएका छन् ।

बालकको खोजीका लागि खटिएको प्रहरी र अपहरणकारीबीच भक्तपुरको डोलेश्वरमा झडप भएको र त्यस क्रममा २ जना अपहरणकारी मारिएको प्रहरीले दाबी गरेको छ । बालकको शव गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

११ वर्षे खड्कालाई अपहरण गरी उनीहरुले परिवारसँग ४० लाख रुपैयाँ फिरौती मागेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताउनुभयो ।

बालकको खोजीका लागि भक्तपुर र काठमाडौका प्रहरी प्रमुख सहित ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्