काठमाडौंको काँडाघारीबाट बालक अपहरण, करोडौं फिरौती माग

काठमाडौं। आइतबार साँझ काँडाघारीबाट एक बालकको अपहरण भएको छ ।

काँडाघारीबाट वर्ष ११ का निशान खड्काको अपरहण भएको हो । साँझबाट हराइरहेका बालकको अपहरण भएको जानकारी सोमबार बिहान मात्रै प्राप्त भएको हो ।

अपहरणकारीले सोमबार बिहान निशानको परिवारलाई सम्पर्क गरी निशान अपहरणमा परेको जानकारी दिएको थियो । त्यसलगत्तै अपहरणकारीले करोडौं रकम फिरौती मागेको छ ।

घटनाबारे अनुसनधान भइरहेकाले यसबारे थप केही बोल्न नमिल्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्