इण्डोनेसियामा शक्तिशाली भूकम्प, ८२ जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको लोम्बोक टापुमा गएको शक्तिशाली भूकम्पमा कम्तिमा ८२ जनाको मृत्यु भएको छ ।

उत्तर तटिय टापुलाई केन्द्रविन्दु बनाएर गएको ७ म्याग्नेच्युटको शक्तिशाली भूकम्पमा परेर सयौं घाइते भएका छन् ।

घाइते केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् ।

भूकम्पबाट हजारौं घरमा क्षति पुगेको छ । कतिपय स्थानमा विजुलीका पोल ढलेकाले विद्युत् सेवासमेत अबरुद्ध भएको छ ।

भूकम्पपछि विज्ञहरुले सुनामीको चेतवनी दिएका छन् । सुनामीको चेतवनीपछि थप त्रास फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

इन्डोनेसियाको पर्यटकीय स्थल लामबोकमा एक हप्ताअघि गएको शक्तिशाली भूकम्पमा कम्तिमा १६ जनको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्