मधेशी जनताको अधिकारका लागि संविधान संशोधन गर्नुपर्छ: अध्यक्ष यादव

काडमाडौं । सप्तरीको राजविराज– ९ स्थित मलेठमा आईतबार कार्यकर्तासँगको भेटघाटका क्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकारका लागि संविधान संशोधन गर्नु पर्ने बताएका छन ।

विभेद, असमानता, भेदभाव, उपेक्षालाई अन्त्य गर्न आर्थिक परिवर्तन मुलुकका लागि खाँचो रहेको भन्दै आधिकार, उन्नति, विकासबाट गरिबी, बेरोजगारी अभावग्रस्त जीवनबाट मुक्त पाउनका लागि अहिलेको निर्वाचनमा मधेशी जनताले मतदान गर्नुपर्ने उनले बताए ।

सप्तरी जिल्ला ५०औँ वर्षदेखि पछाडि परेकाले यसलाई अगाडि बढेको आफूले देख्न चाहेको समेत बताए । अध्यक्ष यादव सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्