पिएसजी स्ट्रासबर्गसँग २–१ ले पराजित

पेरिस (एजेन्सी) । फ्रान्सेली लिग १ को अग्रस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) स्ट्रासबर्गसँग २–१ ले पराजित भएको छ । हार बेहोरे पनि पिएसजी ९ अंकले अग्रस्थानमा छ ।

घरेलु टोलीका लागि जुवा डा कोस्टाले १३ औं मिनेटमा गोल गर्दै आश्चर्यजनक अग्रता दिलाएको थियो । तर पहिलो हाफ सकिन केहि मिनेट बांकि हुँदा किलियन बाप्पेले खेल बराबरी पारेका थिए । तर डा कोस्टाको पासमा स्टेफेन बाहोकेनले ६५ औं मिनेटमा गोल गर्दै पिएसजीलाई निराश पारेको थियो ।

यस जितसँगै स्ट्रासबर्ग तालिकाको सोह्रौं स्थानमा उक्लेको छ । पिएसजीको भने १६ खेलमा ४१ अंक छ । दोस्रोमा रहेको साविक विजेता मोनाकोको उत्तिकै खेलमा ३२ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्