अफगानिस्तानमा तालिबानी आक्रमणको खतरा, आईएसका १५० बढीद्धारा आत्मसमर्पण

काठमाडौं । अफगानिस्तानको उत्तरी जोजजान प्रान्तमा आईएसमाथि तालिबानको आक्रमणको खतरा बढेको छ । बढ्दो खतरालाई मध्यनजर गर्दै १५० भन्दा बढी आईएसका लडाकुहरुले आत्मसमर्पण गरेका छन् ।प्रान्तीय प्रहरी प्रमुख जनरल फकीर मोहम्मद जोजजानीले आईएसका कमाण्डर हबीब–उल–रहमानसहितका १५२ लडाकुहरुले बुधबार आत्मसमर्पण गरेका हुन् ।

प्रान्तीय परिषद्का प्रमुख अब्दुल हयातले उनीहरुको आत्मसमर्पण तालिबानले पछिल्लो समय आईएसमाथिको आक्रमण तीव्र पारेसँगै आएको बताए ।

पछिल्लो एक सातामा तालिबानले २ जिल्लामा आफ्नो आक्रमण तीव्र बनाएसँगै आईएसका लडाकुहरुले आत्मसमर्पण गरेका हुन् ।
तालिबान र आईएस दुवै संगठनहरु इस्लामी कानुन लागू गर्नका लागि युद्ध लडिरहेका छन् तर उनीहरुको रणनीति र विचारधारामा धेरै मतभेदहरु रहेका छन् । जसको कारण यी दुई संगठनहरुको बीचमा पनि संघर्ष चलिरहेको छ ।

तालिबानले एक विवरण सार्वजनिक गर्दै जोजजानमा आईएसका १७ लडाकुहरुको हत्या गरेको बताएको थियो भने १३० भन्दा बढीलाई बन्धक बनाइएको उल्लेख गरिएको थियो । आक्रमणको क्रममा थप १३ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्