नौं महिनाभित्र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने सरकारको घोषणा

काठमाडौं। सरकारले नौं महिनाभित्र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने घोषणा गरेको छ । संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले नौं महिनाभित्र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गर्ने घोषणा गरेका हुन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ६० प्रतिशत सम्पन्न भइसकेको जानकारी पनि दिए ।

मन्त्री अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ बजेबाटै आन्तरिक उडान सुरु गर्ने तयारी पनि भइरहेको बताए । मन्त्री अधिकारीले लुम्विनीमा बुद्ध सर्किट निर्माण गर्न भारत सरकारसँग सहमति गरिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्