चक्कु देखाएर भक्तपुरमा ठेकदारको ६ लाख लुटियो

काठमाडौं। भक्तपुरको चागुँनारायण नगरपालिका–६ तेलकोट बस्ने निर्माण व्यवसायी पशुराम बजगाईको ६ लाख रुपैयाँ नगद मंगलबार लुटपाट भएको छ।

    नेपाल बैंक लिमिटेड कमलविनायक शाखाबाट निकालेको नगद २ लाख र घरबाट लिएर आएको ४ लाख सहित ६ लाख रुपैयाँ लिई कमलविनायकबाट सूर्यबिनायकतर्फ पैदल आउने क्रममा भक्तपुर नगरपालिका–१० स्थित कालान्च भन्ने स्थानबाट नम्वर खुल्न नसकेको मोटरसाइकलमा आएका २ जना व्यक्तिले चक्कु देखाई उक्त रकम लुटेका हुन्।

    फरार लुटेराहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

उता बुढानिलकण्ठ नगरपालिका-१२ खरिबोट डेरा गरी बस्ने हरिकृष्ण पाण्डेको कोठामा मंगलबार कोही नभएको अवस्थामा ढोकाको ताल्चा फोडेर दराजमा रहेको करीव ४ लाख ४८ हजार रुपैयाँ बराबरको सुनका बिभिन्न गहनाहरु चोरी भएको छ ।

प्रतिक्रिया दिनुहोस्