प्रिमियर लिगः म्यान्चेस्टर युनाईटेड र चेल्सी विजयी

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले आर्सनललाई पराजित गरेको छ । गएराति आर्सनलको मैदानमा भएको खेलमा आर्सनललाई म्यानचेस्टर युनाईटेडले ३-१ ले पराजित गरेको हो ।

प्रिमियर लिगअन्तर्गत कै अर्को खेलमा चेल्सीले न्युकासल युनाईटेडलाई ३-१ ले हराउँदा लिरभपूलले ब्राईटनलाई ५-१ ले पराजित गरेको छ । प्रिमियर लिग फुटबलमा वाट्फोर्डले टोटनह्याम हट्सपरलाई १-१ गोलको बराबरीमा रोक्दा एभर्टनले हडर्सफिल्ड टाउनलाई २-० ले पराजित गरेको छ ।

गएराति नैं लेष्टर सिटी, स्टोक सिटी पनि विजयी भएका छन् भने वेष्ट ब्रोम र क्रिष्टल प्यालेसले गोलरहित बराबरी खेलेका छन् । प्रिमियर लिग फुटबलमा आज दुई खेल हुनेछन् । आज शीर्ष स्थानको म्यान्चेस्टर सिटीले वेष्ट ह्याम युनाईटेडसँग खेल्दा बर्नमाउथ र साउथह्याम्पटन भिड्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्