अन्नपूर्णले अन्तराष्ट्रिय उडानको लागी एओसी पायो, १८ हजारमा कतार ओहोरदोहोर गर्न पाईने !

काठमाडौँ । नेपाल वायुसेवा निगमको नयाँ वाइडबडी जहाज अन्नपूर्णले सञ्चालन अनुमतिपत्र एओसी पाएसँगै अन्तर्राष्ट्रिय उडानको लागि बाटो खुलेको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणबाट एओसी पाएपछि साउन १६ गते अर्थात आउँदो बुधबार कतारको दोहाका लागि उडान गर्न जहाज तयार भएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए ।

‘एओसीसँगै अन्य सबै प्राविधिक पक्ष र पाइलट पनि उडानका लागि तयार छन्, बुधबार राती निगमको अन्नपुर्ण जहाजले पहिलो व्यवसायीक उडान गर्नेछ’, प्रवक्ता श्रेष्ठले भने ।

असार १४ गते काठमाडौं अवतरण भएको निगमको जहाजमा २ सय ७४ सिट रहेका छन् । निगमले ग्राहक आकर्षण गर्न काठमाडौं–दोहाको दोहोरो टिकटको मूल्य जम्मा १८ हजार रुपैयाँ तोकेको छ । यसमा ५० किलो लगेजमा पनि थप भाडा लाग्नेछैन् ।

निगमले भित्राएको अर्को वाइडबडी मकालुले पनि एओसी प्रमाणपत्र पाउन र अन्य प्राविधिक जाँचको लागि तयारी थालिसकेको पनि निगमले जनाएको छ । नयाँ २ वटा वाइडबडीले सुरुमा दोहा, दुवइ, बैंकक लगायतका गन्तव्यमा उडान गरे पनि चाँडै नै जापान र कोरिया उडान थाल्ने निगमको दावी छ ।

प्रतिक्रिया दिनुहोस्