इन्डोनेसिया भूकम्पबाट मृत्यु हुनेको संख्या १४ पुग्यो , फसेका २ सयभन्दा बढी पदयात्री उद्धारको पर्खाइमा

काठमाडौं । इन्डोनेसियाको लोम्बोक प्रायःद्वीपमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पका कारण चर्चित ट्रेकिङ रुट माउन्ट रिन्जनीमा २ सयभन्दा बढी पदयात्री फसेका छन्। आइतबार बिहान गएको ६ दशमलब ४ म्याग्निच्युटको भूकम्पबाट मृत्यु हुनेको संख्या १४ पुगेको अधिकारीहरुले जनाएका छन्। भूकम्पमा परी १ सय ६० भन्दा बढी घाइते भएका छन्।

माउन्ट रिन्जनीमा फसेका पदयात्रीको उद्धारको काम भइरहेको छ। ट्रेकिङमा गएका एक मलेसियन र एक इन्डोनेसियन नागरिकको ढुंगाले लागेर मृत्यु भएको बताइएको छ। ट्रेकिङमै रहँदा भूकम्पमा परेर फर्किन नसकेका फ्रान्स, थाइल्यान्ड, नेदरल्यान्ड्स र मलेसियाका नागरिक उद्धारको पर्खाइमा रहेको बताइएको छ।

इन्डोनेसियाली अधिकारीहरुका अनुसार ५ सयभन्दा पदयात्री ट्रेकिङ रुटबाट बाहिर निस्किसकेका छन्। हेलिकोप्टरले पहाडी क्षेत्रमा फसेका २ सय ६६ जनाको खोजी गरिरहेको जनाइएको छ।

ट्रेकिङ गाइड सुकन्ताका अनुसार ट्रेकिङ रुटको मध्यभाग तिर रहेको ताल नजिक धेरै पदयात्री फसेका छन्। उनले भनेका छन्, ुपहिरोका कारण बाहिर निस्कन सक्ने अवस्था छैन।

प्रतिक्रिया दिनुहोस्