इण्डोनेसियामा भूकम्प , १० जनाको मृत्यु, कयौँ भवनमा क्षति

काठमाडौं ।  इण्डोनेशियामा भूकम्पमा परी १० जनाको ज्यान गएको छ ।  लोकप्रिय पर्यटकीय क्षेत्र लोमबोकमा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इन्डोनेसियाको मटरम शहरबाट करिब ५० किलोमिटर उत्तरपूर्वमा रहेको लम्बोक टापुमा स्थानीय समय अनुसार बिहान ६ बजेर ४७ मिनेटमा भूकम्प गएको थियो ।

भूकम्पका कारण कयौँ भवमा समेत क्षति पुगेको त्यहाँका अधिकारीले बताएका छन् । उनीहरुले केयौँ भवनमा क्षति पुगेको तर यकिन जानकारी आइनसकेको बताएका छन् ।

सन् २०१६ को डिसेम्बरमा गएको भूकम्पमा परी इण्डोनेसियामा १ सय जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्