इजिप्टमा ७५ जनालाई मृत्युदण्डको फैसला

काठमाडाैं ।  इजिप्टको एक अदालतले शनिबार मुश्लिम ब्रदरहुडका नेताहरूसहित विभिन्न ७५ जना अतिवादी इश्लाम धार्मिक अनुयायीहरूलाई मृत्यदण्डको फैसला सुनाएको छ।

इजिप्टको कानून अनुसार फैसलालाई कायान्वयनमा लान सादा पोसाकधारी अन्य सरकारी अधिकारीको पनि परामर्श लिनु पर्ने प्रावधान रहेको छ। मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्न पाउने पनि कानूनी व्यवस्था रहने छ।

आन्दोलनको बलमा पदच्युत गरिएका इश्लामिक राष्ट्रपति मोहमद मोर्सी र सुरक्षाकर्मीबीच सन् २०१३ मा भएका झडपहरूमा प्रहरीको हत्यामा संलग्न रहेका तथा सार्वजनिक सम्पत्ती हिनामिना गरेको आरोपमा मुद्दा लागेका ७ सय १३ जनामध्ये ७५ जनालाई शनिबार मृत्युदण्डको सजाय सुनाइएको हो।

आधुनिक इजिप्टको इतिहासमा भएको कहालीलाग्दो उक्त झडपमा करिब ७ सय इजिप्टेली नागरिकको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्