क्यालिफोर्निया आगलागी: दुई बच्चासहित ५ जनाको मृत्यु, पाँच सयभन्दा बढी संरचना ध्वस्त

अमेरिकाको क्यालिफोर्निया राज्यमा कार फायर नाम दिइएको डढेलोमा एक वृद्धा, दुई बालबालिका र दुई अग्निनियन्त्रकले ज्यान गुमाएका छन् भने हजारौँ मानिस विस्थापित बनेका बीबीसीले जनाएको छ।

डढेलोले पाँच सयभन्दा बढी संरचना ध्वस्त बनाएको छ भने हजारौँ घरहरू जोखिममा परेका छन् ।

वेगसाथ चलेको हावाहुरीका कारण त्यहाँ आगोका लप्काहरू आँधीजस्तो फैलिएको बताइएको छ ।

शास्टा क्षेत्रमा फैलिएको आगोलाई उच्च वेगको हावाले आँधीको स्वरूप दिएको छ जसले रुखहरू ढालिदिएको छ अनि गाडीहरूलाई सडक किनारामा लडाइदिएको छ ।

आगलागी नियन्त्रणका लागि अग्निनियन्त्रकहरू अनवरत खटिरहेका भए पनि आगोको प्रभाव खासै नियन्त्रणमा ल्याउन सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्