तीन वर्षभित्र पूर्व पश्चिम राजमार्ग चार लेनको हुने, यस्तो छ कार्य योजनाको तयारी

काठमाडौं । सरकारले पूर्व पश्चिम राजमार्ग चार लेनको बनाउने तयारी थालेको छ। एक हजार किलोमिटर लामो दुई लेनको राजमार्गमा गाडीको चाप र दुर्घटना जोखिम बढेपछि चार लेनको बनाउने तयारी भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आउँदो ३ वर्षभित्र चार लेनमा विस्तार गर्नेगरी योजना अघि बढाएको छ। राजमार्गलाई चार लेनको बनाउनका लागि टेण्डर आह्वान हुन लागेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बुटवलदेखि काँकडभिट्टासम्म पहिलो  र बुटवलदेखि कञ्चनपुरसम्म दोस्रो चरणमा निर्माण हुनेछ । कमलादेखि लौकीसम्मको डिपीआर तयार भइसकेको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले चार वर्षभित्र मदन भण्डारी राजमार्ग, ३ वर्षभित्र मध्य पहाडी लोकमार्ग र ४ वर्षभित्र तराईको लाइफलाइन मानिने हुलाकी राजमार्गको निर्माण बनिसक्ने पनि दावी गरेको छ।

प्रतिक्रिया दिनुहोस्