भारतको महाराष्ट्रमा बस दुर्घटना, बसमा रहेका ३४ यात्रुमध्ये ३३ जनाको ज्यान गयो

काठमाडौं । भारतको महाराष्ट्र राज्यको रायगढ जिल्लाको पोलादपुरमा शनिबार बस दुर्घटनामा परि ३३ जनाको ज्यान गएको छ ।

दापोली कृषि विश्वविद्यालयका कर्मचारीलाई भ्रमणका लागि लिएर गएको बस सडकबाट २०० मिटर तल खसेको प्रहरीले बताएको छ ।

बसमा ३४ जना यात्रु रहेको रायगढका जिल्ला कलेक्टर विजय सूर्यवंशीले जनाएका छन् । एक जना घाइतेलाई उद्धार गरिएको छ । कुहिरोका कारण घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटनामा परेको हुृन सक्ने प्रहरीले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै भनेका छन्, ‘महाराष्ट्रको रायगढमा भएको बस दुर्घटनामा ज्यान गुमाएका परिवारप्रति संवेदना छ ।’

भ्रमणमा जानुअघि सामूहिक तस्बिर खिचाउँदै दापोली कृषि विश्वविद्यालयका कर्मचारीहरु
महाराष्ट्र सरकारका मुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई चार लाख भारतीय रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

कांग्रेस अध्यक्ष राहुल गान्धीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल राहत र सहयोग उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्