सुरक्षा रणनीति परिवर्तन गर्ने गृहमन्त्रालयको तयारी

काठमाण्डौं । सरकारले आगामी बिहिबार दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाको सुरक्षा रणनीति परिवर्तन गर्ने भएको छ ।विध्वंसात्मक तथा निर्वाचन विरोधी गतिविधि बढेपछि निर्वाचन आयोगको आग्रहमा गृहमन्त्रालयले निर्वाचन सुरक्षा रणनीति परिवर्तन गर्न लागेको हो ।निर्वाचनको मिति नजिकिएसंगै उम्मेदवार तथा मतदाता र मतदान केन्द्रको सुरक्षा खतरा बढेको निष्कर्षसहित ४५ सै जिल्लामा उच्चस्तरको सुरक्षा व्यवस्था प्रबन्ध मिलाउने तयारी भइरहेको गृह प्रवक्ता नारायणप्रसाद शर्माले जानकारी दिए।
नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, म्यादी प्रहरी तथा राष्ट्रिय अनुसन्धान बिभागका गरी ३ लाख हाराहारीमा सुरक्षाकर्मी परिचालन गरेपनि आंतकित पार्ने गतिबिधि बढेपछि सबै निकायबीचको समन्वयमा सुरक्षा रणनीतिचुस्त र दुरुस्त पार्न लागिएको हो ।यसका लागि संयुक्त गस्तीसँगै सादा पोसाकका सुरक्षा तैनाथी बढाइने शर्माले जानकारी दिए । विभिन्न स्थानमा भएका विष्फोटको घटना, निर्वाचनमा भय पैदा गर्ने उद्देश्यले भएको भन्दै उहाँले यस्ता गतिबिधि नियन्त्रण गर्न सुरक्षा निकाय सक्षम रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्