सिरियामा आत्मघाती आक्रमण, १सय ५६ को मृत्यु

काठमाडौं । सिरियाको एक दक्षिणी प्रान्तमा आतंकवादी संगठन आईएसको आक्रमणमा परी १५० भन्दा बढी मानिसहरुको ज्यान गएको छ । बुधबार भएको यो आक्रमण सिरियामा भएको अहिलेसम्मकै सबैभन्दा घातक आक्रमणहरुमध्येको एक हो ।

सिरियाको मानवअधिकारको अनुगमन गर्ने संस्थाले बुधबार सरकारको नियन्त्रणमा रहेको दक्षिण प्रान्त सुवैदाका केही क्षेत्रहरुमा यो आक्रमण गरिएको हो । यो प्रान्तको उत्तरपूर्वी क्षेत्रमा आईयसको नियन्त्रण रहेको छ ।

गत साता रुसी समर्थित सेनाले यो क्षेत्रमा आईएसमाथि आक्रमण गरेको थियो । आईएसले यो घटनाको जिम्मेवारी लिँदै आफ्नो लडाकुको कार्यको प्रशंसा गरेको छ ।

अनुगमन गरिरहेको संस्थाको विवरणअनुसार मानिसहरुलाई घरमै बसेको अवस्थामा पनि आईएसले आक्रमण गरी मारेको बताएको छ । आत्मघाती आक्रमण र अन्य आक्रमणमा गरी ६२ नागरिकहरुसहित १५६ मानिसहरुको ज्यान गएको हो ।

मर्नेमा ९४ जना सरकार समर्थित लडाकुहरु रहेका थिए, जसमा धेरैजसोले आफ्नो गाउँको सुरक्षाको लागि हतियार उठाएका थिए । आत्मघाती आक्रमणकारी र अन्य आक्रमणकारीहरुसहित गरी आईएसका पनि ३० जनाको ज्यान गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्