कानुन मन्त्रीमा नेताहरूबीच प्रतिष्पर्धा सुरू, भानुभक्त र कृष्णभक्तको लबिङ, कसले मार्ला बाजी ?

काठमाडौँ । शेरबहादुर तमाङले राजीनामा दिएपछि रिक्त रहेको कानुन मन्त्रलायमा मन्त्री बन्न नेकपाका नेताहरूबीच प्रतिष्पर्धा सुरू भएको छ।

मन्त्री बन्ने दौडमा सबैभन्दा अगाडि भानुभक्त ढकाल र कृष्णभक्त पोखरेल देखिएका छन् । ढकाल प्रधानमन्त्री केपी ओली निकट हुन भने पोखरले नेता माधवकुमार नेपाल निकट हुन।

पोखरेलले संविधान कार्यान्वयनका लागि कानुन निर्माणको काम गर्नुपर्ने भएकाले आफूलाई मन्त्री बनाउन नेता नेपाल, अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री ओलीलाई भेटेरै आग्रह गरिसकेका छन् ।

ढकालले भने मुख खोलेका छैन। रूपान्तरित संसदमा एमालेका प्रमुख सचेतक रहेका ढकाल एकतापछि कुनै भूमिकामा छैनन्।

आफ्नो अभिव्यक्ति विवादस्पद बनेपछि कानुनमन्त्री शेरबहादुर तामाङले मंगलबार मन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्