आज पनि केही ठाउँमा ठूलो पानी पर्ने

काठमाडौं ।  आज पनि मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज केही ठाउँमा भने ठूलो पानी पर्ने संभावना छ । अहिले देशका विभिन्न भूभागमा मौसम खुलेजस्तो भए पनि दिउँसोदेखि बदली हुने महाशाखाले जानकारी दिएको छ ।

मनसुनको समय भएकाले  देशका विभिन्न भूभागमा दैनिकजसो हल्कादेखि मध्यम किसिमको वर्षा भैरहेको छ ।

यस्तै आज ससाना खोलामा बाढी आए पनि ठूला नदीमा बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्