लाओसमा एक बाँध भत्कँदा १०० जनाभन्दा बढी बेपत्ता

काठमाडौं । लाओसमा एक बाँध भत्कँदा १०० जनाभन्दा बढी बेपत्ता भएका छन् ।

लगातारको वर्षापछि आएको पहिरोका कारण बाँध भत्केको बताइएको छ ।

लाओसको आतापेउ इलाकामा रहेको छेपियान छे नामक विद्युत् बाँध भत्कँदा उनीहरु बेपत्ता भएका हुन् । उद्धारका लागि सयौं उद्धारकर्मीहरु परिचालन गरिएको छ ।

यसअघि, आएको बाढी र पहिरोले ६ ओटा गाउँ नै बगाएको थियो । जसका कारण ६ हजार परिवार विस्थापित भएका थिए ।

लाओसका प्रधानमन्त्री थोङलोउनले घटनास्थलको निरीक्षण गरी उद्धारकार्य तीव्ररुपमा अघि बढाउन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।

यस्तै, बाढीप्रभावितहरुका लागि उचित राहतको व्यवस्था मिलाइएको भन्दै लाओस सरकारले बाढीपीडितको सहयोगका लागि स्थानीय बासिन्दासमक्ष अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्