राजनीतिक स्थिरता र सरकारको स्थायित्व भएपछि मात्र देश विकासः नेता नेपाल

काठमाडौं । संयुक्त वाम गठबन्धनले काठमाडौँ क्षेत्र नं २ नरेफाँटमा आज आयोजना गरेको चुनावी कार्यक्रममा नेकपा (एमाले) का नेता माधवकुमार नेपालले मुलुकलाई समृद्ध बनाएर नेपालीलाई सम्पन्न राष्ट्रका नागरिक बनाउन वाम गठबन्धन भएको बताएका छन् । उनले राजनीतिक स्थिरता र सरकारको स्थायित्व भएपछि मात्र देशमा विकास हुने समेत बताए ।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका नेता नेपालले मुलुकमा सामाजिक न्याय र जनतालाई अधिकार सम्पन्न बनाउन वाम शक्तिले ठूलो संघर्ष र मेहनत गरेको उल्लेख गर्दै गठबन्धनको जनताको हकअधिकारको रक्षाका लागि सदैब निरन्तर कार्य गर्ने स्पष्ट समेत पारे ।

प्रतिक्रिया दिनुहोस्