आउँदो शनिबार र आइतबार पनि बैंकिङ सेवा सूचारू राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आउँदो शनिबार र आइतबारको सार्वजनिक बिदाका दिनमा पनि बैंक वित्तीय संस्था सुचारु राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले निर्वाचन हुने ४५ जिल्लामा मंसिर १६ गते शनिबार र आइतबार बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको हो।

निर्वाचनको मुखैमा सार्वजनिक बिदा हुँदा निर्वाचनमा खटिने कर्मचारीहरुलाई तलब भत्ता वितरण गर्न राष्ट्र बैंकले यस्तो निर्देशन दिएको जनाइएको छ। आइतबार उधौली पर्व परेकाले आइतबार सार्वजनिक बिदा दिइएको हो। त्यस्तै सरकारले बिहिबार एक निर्णय गर्दै शुक्रबारदेखि लगातार ३ दिनसम्म सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया दिनुहोस्