इज्जतका लागि बुवाले छोरीलाई ज्यूँदै जलाए

काठमाडौं । भारतको मध्य प्रदेशको खण्डवा जिल्लामा एक युवतीलाई उनकै बुवाले जिउँदै जलाएका छन् ।
पुलिसका अनुसार इज्जतका लागि हत्याको यो मामलामा युवतीले आफ्नो परिवारको इच्छाबिना विवाह गर्ने सोच बनाएकी थिइन् ।

शुक्रबार १९ वर्षीया युवती लक्ष्मी बाई आफ्ना प्रेमी राजकुमार लौवंशीको घर गएकी थिइन् । त्यहाँ लक्ष्मीलाई देखेर उनका पिता रिसाएर उनलाई घिसार्दै आफ्नो घर लगेको बताइएको छ ।

पुलिसका अनुसार त्यसपछि उनका पिता सुन्दरलाल जाटव र दाइ राजेन्द्रले मट्टीतेल खन्याएर लक्ष्मीलाई आगो लगाइदिए । युवतीको घटनास्थलमा नै मृत्यु भयो । युवतीको बुवा र दाइ दुबैलाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्