निर्वाचन आयोगद्वारा कमल थापालाई स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले मौन अवधिमा भोट मागेको भन्दै उपप्रधान तथा ऊर्जामन्त्री एवं राप्रपाका अध्यक्षकमल थापालाई स्पष्टीकरण सोधेको छ ।
आयोगको आचार संहिता केन्द्रीय अनुगमन समितिले मन्त्री समेत रहका थापालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । यदि स्पष्ट जवाफ नआएमा आयोगले बारवाही गर्ने जनाएको छ ।
आइतबार हुने पहिलो चरणको चुनावको मौन अवधि बिहीबार राति १२ः०० बजेदेखि सुरु भइसकेको छ । तर, उपप्रधानमन्त्री थापाले मौन अवधिमा आचारसंहिता विपरीत सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो पार्टीको पक्षमा मत मागेका आयोगको ठहर छ ।
थापालाई सोधिएको स्पष्टीकरणको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौं र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्