विकृति बढेको भन्दै न्यूनीकरणमा सहयोगी बन्न आग्रह

काठमाडौं । जापानमा नेपालीको सख्ंया बढेसँगै विकृति बढेको भन्दै यसको न्यूनीकरणमा सरोकारवालाहरूले जोड दिएका छन् । उनीहरुले समस्या समाधानमा सम्बद्ध सबै निकायलाई जिम्मेवार भएर लाग्न पनि आग्रह गरेका छन् ।

फुकुओकामा ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानले शनिबार आयोजना गरेको कार्यक्रममा सहभागीहरूले उक्त धारणा व्यक्त गरेका हुन् ।

गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अध्यक्ष भवन भट्टले उज्वल भविष्य बनाउन जतिसुकै कठिनाइ भए पनि हार मान्न नहुने बताउँदै प्रवासमा विद्यार्थी जीवन सहज बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

समस्यासँग जुधेर सहज बाटाहरु अपनाउन आग्रह गर्दै उहाँले सबैमा केही न केही जिम्मेवारी रहेकाले संघर्ष र योजना दुवैलाई संगसंगै लिएर अघि बढ्नुपर्ने बताउनुभयो ।

सोफिया विश्वविद्यालयको ग्लोबल विभागका प्राध्यापक मासाको तानाकाले जापान नेपालीका लागि अवसरको खानी भएकाले यसको सदुपयोगका लागि उचित बाटो पहिल्याउन सक्नुपर्ने बताउनुभयो ।
उहाँले जापान छिर्नासाथ पैसाको पछि लाग्दा नेपाली समुदायमा विकृति बढ्दै गएकाले यसबारे सबै नेपाली समुदाय सचेत रहन पनि सम्बद्ध अधिकारीलाई आग्रह गर्नुभयो ।

फुकुओका प्रिफेक्चरका अधिकारी, फुुकुओका अध्यागमन विभागका पदाधिकारी र फुकुओका प्रहरी अधिकारीकोे पनि सहभागिता रहेको सो कार्यक्रममा नेपाली नेपाली बीचको विवाद, आन्तरिक कलह र चर्को संवादको न्यूनीकरण तथा काममा सहयोगी बन्न सके जापानी नागरिक माझ नेपालीको विश्वास बढ्नेमा उनीहरूले जोड दिएका थिए ।
–––

प्रतिक्रिया दिनुहोस्