भक्तपुरमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु

रेर काठमाडौं । वर्षसंगै अविरल परेको परेको पानीले गर्दा भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सुतिरहेको बेला खसेको पहिरोले च्यापिएर हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको हो ।

६९ वर्षीय हिरा लामा, उनकी श्रीमती ६२ वर्षीय पानमाया लामा र उनीहरुको तीन वर्षीया नातिनी सम्पदा लामाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

उनीहरु भूकम्प पीडित हुन् । उनीहरु बस्दै आएको अस्थायी टहरो भत्किएर च्यापिएको अवस्थामा मृत्यु भएको छ ।

उद्धारका लागि प्रमुख जिल्ला अधिकारी भट्टसहित प्रहरीको टोली अहिले घटनास्थल पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्