टर्कीमा कर्मचारी बर्खास्तको घोर विरोध

एएफपी । आइतवार करिब १८ हजार ५०० भन्दा बढी कर्मचारी र सुरक्षा अधिकारीलाई टर्की सरकारले बर्खास्त गरेको समाचारको व्यापक विरोध भएको छ ।
बिना आधारमा सरकारले आफ्नो विरोधी जति कर्मचारीलाइ छानीछानी बर्खास्त गरेकाले अधिकारवादीहरुले सरकारको स्वेच्छाचारी निर्णय गरेको भन्दै त्यसको घोर विरोध भएको छ ।

कर्मचारीलाई आफ्नो बारेमा कमी कमजोरी तथा स्पस्टीकरण दिने अवसर पनि नदिएर बर्खास्त गरेकोमा अधिकारवादीहरुले विरोध गरेका हुन् । टर्की सरकारले आइतबार एक निर्देशिका जारी गर्दै ती कर्मचारीलाई बर्खास्त गरिएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यसरी बर्खास्त हुनेमा सरकारी गैरसैनिक कर्मचारी, सैनिक अधिकारी, प्रहरी र विश्वविद्यालयका प्राध्यापकहरुसमेत गरी १८ हजारभन्दा बढी रहेका थिए । टर्कीका राष्ट्रपति रिसेप तैयब एर्दोगानका विरुद्धमा सन् २०१६ को जुलाई महिनामा सैनिक विद्रोह भएको थियो तर असफल प्रयास भएको थियो । त्यसपछि राष्ट्रपति एर्दोगानले आफ्ना विरोधी मानिएका प्रहरी, सेना, गैरसैनिक कर्मचारी विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुलाई जेलहाल्ने, सेवाबाट बर्खास्त गर्ने किसिमको कारबाही गरेका थिए ।

अहिले २ वर्षसम्म आइपूग्दा सङ्कटकालीन अवस्थाको घोषणा गरिएको छ । यो अवस्थाको कम्तीमा पनि सात पटकसम्म अनुमोदन गरिएको छ र अहिले पनि यहाँ सङ्कटकालीन अवस्था नै छ । यो सङ्कटकालीन अवस्थाको अन्त्य भने यही जुलाई १९ मा हुनेछ ।

त्यसैले सङ्कटकालीन अवस्थाको अन्त्य हुनुभन्दा अगाडिनै सरकारले यति ठूलो सङ्ख्यामा कर्मचारीलाई कारबाही र बर्खास्त गरेर फाइदा उठाएको समाचार निस्कीएको छ । तर राष्ट्रपति एर्दोगानले यसको फाइदा उठाएर आफ्नो बिरोधिको अन्त्य गर्ने अभियान चलाएको भन्दै उनको ब्यापक आलोचना तथा विरोध भएको छ ।

प्रतिक्रिया दिनुहोस्