जापानमा वर्षाका कारण अहिले सम्म एक सयको मृत्यु

टोकियो । जापानको पश्चिमी क्षेत्रका केही इलाकाहरुमा परेको अविरल वर्षाका कारण सोमबार बिहान सम्ममा एक सय जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन् ।

सोमबार बिहानसम्म मृत्यु हुनेको सङ्ख्या एक सय पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रशारण संस्था, एनएचकेले जनाएको छ । सो टेलिभिजनका अनुसार अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी छ । पहिरोमा परी धेरैको ज्यान गएको छ । केही दिन यताको अविरल बाढी र पहिरोका कारण दर्जनौँ व्यक्ति हराइरहेका बताईएको छ ।

सोमबार सरकारी अधिकारीले दिएको जानकारीअनुसार पहिरोको जोखिममा रहेका स्थानबाट २५ लाख भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको बताएका छन् । हराएकाको खोजी तथा उद्धार कार्यमा हजारौँ सेना तथा प्रहरी परिचालन गरिएको छ । जापानको क्योडो समाचार संस्थाले मृत्यु हुने धेरैजसो पहिरोमा पुरिएका जनाएको छ ।

जापानको राजधानी टोकियोदेखि छ सय किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा वर्षा र बाढीको प्रकोप बढेको बताइएको छ । हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप जारी छ ।

यस्तै जापानी प्रधानमन्त्री सिन्जा आबेले सोमबार जापानी अधिकारीहरुलाई बाढी र पहिरोको प्रकोप न्युनिकरण गर्न तथा खोजी र उद्धार कार्य कुशलतापूर्वक सञ्चालन गर्न सुरक्षा निकाय र सबै उद्धारकर्मीहरुलाई निर्दशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्