च्याम्पियन्स लिगमा बार्सिलोना र युभेन्टस भिड्दै

टुरिन (एजेन्सी) । च्याम्पियन्स लिगको समूह ‘डि’ अन्तर्गत आज दुई बलिया टोली बार्सिलोना र युभेन्टस एकआपसमा भिड्दै छन् । युभेन्टसको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार रातिको १ः३० बजे सुरु हुने छ ।

बार्सिलोनाका लागि डिफेन्डर जेरार्ड पिके प्रतिबन्धबाट फर्किँदै छन् । आन्द्रेस इनिएस्टा फिट रहेका छन् भने जाभिएर मासेरानो र सर्जी रोबर्टो भने घाइते रहेकाले खेलमा सहभागी हुने छैनन् ।

युभेन्टसका बेनेडिक्ट हावडेस र मेधि बेनासिया घाइते छन् । युभेन्टस समूहको ४ खेलमा ७ अंकसहित दोस्रो स्थानमा रहेको छ भने १० अंकसहित बार्सिलोना पहिलोमा रहेको छ । यही समूहमा स्पोर्टिङ (४ अंक) र ओलम्पियाकोस (१ अंक) पनि रहेका छन् ।

युभेन्टस आफ्नो पछिल्लो १९ च्याम्पियन्स लिग खेलमा केवल दुईमा पराजित भएको छ भने बार्सिलोना आफ्ना अघिल्ला ५ खेलमा अपराजित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्