भारतमा घरभित्रै एकै परिवारका ११ जनाको शव भेटियो

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको उत्तरी क्षेत्रको बुरारी भन्ने ठाउँमा रहेको एक निजी आवासमा एघार जनाको शव फेला परेको छ ।

ति सवहरु एउटा घरभित्र भेटिएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस ठाउमा ११ जनाको सवमध्ये १० जनाको शव झुण्डिएको अवस्थामा भेटिएको थियो भने एकजना ७५ वर्षीय महिलाको शव भने घरको भूइँतल्लामा भेटिएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

झुण्डिएको अवस्थाको सवहरु सबैको आँखामा पट्टी बाँधिएको थियो । मृत्यु भएकामा सात जना महिला र चार पुरुष रहेका छन् ।

यसरी मृत्यु हुने सबैजना नयाँ दिल्लीमै प्लाइउडको व्यापार गर्दै आएका ललित भन्ने व्यक्तिको परिवारका सदस्य हुन् । उनीहरु विगत दुई दशक भन्दा बढी समयदेखि त्यही घरमा बस्दै र व्यापार गर्दै आएका थिए ।

उनीहरुले सञ्चालन गरेको पसल बन्द भएको देखेपछि छिमेकीहरुले सोधखोज गरेका थिए । त्यसपछि मात्र आइतबार बिहान घटना सार्वजनिक भएको हो । तर पनि घटना केहीदिन पहिले नै भएको हुन सक्ने अनुमान गरिएको पनि जनाइएको छ ।
दिल्ली प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको जनाएको छ । प्रहरीले सामुहिक आत्महत्या या उनीहरुलाई झुण्याएर मारिएको हुनसक्ने दुवैको प्रारम्भिक अनुमान गरेको छ ।

प्रहरी अधिकारीहरुले उनीहरुको शव घरको सिलिङमा रहेको फलामको डण्डीमा झुण्डिएको अवस्थामा थियो । यो रहस्यमय घटनाको रुपमा लिएको र यसलाई गम्भीर रुपमा अनुसन्धान थालिएको छ । त्यसको लागि छिमेकीहरुसंग पनि सोधपुछ तथा सिसिटीभीको फुटेजहरु चेकिङ् भइरहेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्