भारतमा चट्याङमा परि पाँचको मृत्यु, १२ जना घाइते

एजेन्सी । भारतमा चट्याङमा परी पाँच जनाको मृत्यु र अन्य १२ जना घाइते भएका छन् ।

चट्याङ पूर्वी भारतीय राज्य बिहारको आरङ्गवाद जिल्लामा परेको हो । उक्त दुर्घटना र भागदौड भएको कुरा सरकारी अधिकारीहरुले सोमबार पुष्टि गरेका छन् ।

प्रकोप व्यवस्थान विभागका एकजना अधिकारीले उक्त जिल्लाको एक स्थानीय घाटमा अन्त्येष्टिका लागि आइतबार करीब २० जना जम्मा भएकोे स्थानमा चट्याङ परेको जानकारी दिए ।

घटनामा भएका घाइतेहरुलाई स्थानीय अपस्पतालमा उपचारका लागि भर्ना गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्