चन्द्रागिरि गोल्डकपको उपाधि हिमालयन शेर्पाको पोल्टामा

काठमाडौ । ब्राइट युथ क्लबको आयोजनामा चन्द्रागिरि नगरपालिका–१४ स्थित खेलमैदानमा आज भएको फाइनल खेलमा हिमालयन शेर्पाले फ्रेण्डस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधिका साथसाथै हिमालयन शेर्पाले रु ५ लाख तथा उपविजेता चित्त बुझाएको फ्रेण्डस क्लबले रु २ लाख ५० हजार प्राप्त गरेको छ ।
राष्ट्रिय खेलकुद् परिषद्का सदस्य सचिव केशवकुमार विष्टले विजेता टिमलाई उपाधि प्रदान गरे ।
उक्त प्रतियोगिता गत कात्तिक २८ देखि सञ्चालन भएको थियो । खेलमा आयोजक सहित ‘ए’ डिभिजनका आठ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्