६० जना एसपी सरुवा गर्दा १३ जिल्लाका प्रहरी प्रमुख फेरिए

काठमाडौं, ९ कार्तिक । नेपाल प्रहरीका ६० जना एसपी सरुवा गर्दा १३ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । यसअघि नै काज सरुवा भएका चार एसपीको दरबन्दी सोही जिल्लामा कायम भएको छ ।

बारामा कुमारविक्रम थापा, मोरङमा दिलिपकुमार गिरी, उदयपुरमा धर्मराज भण्डारी, तनहुँमा नरेशराज सुवेदी, बाँकेमा नवराज मल्ल, पूर्वी नवलपरासीमा निर्मल बुढाथोकी, बर्दियामा बालनरसिंह राणा, धादिङमा भरत लामा, कास्कीमा मोहनबहादुर खाण, कैलालीमा यादव ढकाल, पाल्पामा रविन श्रेष्ठ, भक्तपुरमा रुकेश तण्डुकार र दाङमा श्यामु अर्याल सरुवा भएका छन् ।

यसअघि काज खटिएका एसपीमध्ये सिन्धुपाल्चोकमा नीरञ्जनदत्त भट्ट, सुनसरीमा पुष्पराज मल्ल, सप्तरीमा रुपक खड्का, पर्सामा पवनकुमार भट्टराईको दरबन्दी सोही जिल्लामा कायम भएको छ ।

प्रहरीका आईजीपी फेरिएपछि पूर्व आईजीपीनिकटका नाममा हुने पूर्वाग्रह यो सरुवामा देखिएन । पूर्व आईजीपी दानबहादुर कार्कीनिकटका एसपीहरु धर्मराज भण्डारी, दिलिपकुमार गिरीले जिल्ला नेतृत्व पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्