राज्यमन्त्री चम्पादेवी खड्काको घरमा बम विस्फोट

काठमाडौं । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको घर बागलुङ नगरपालिका–२मा गएराति बम विस्फोट भएको छ ।

करिब राति ११ बजे भएको विस्फोटबाट कुनै मानवीय क्षति भने नभएको जनाइएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवारसमेत रहेकी खड्का घरमै बसेको समयमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएको थियो ।

घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले बताए । विस्फोटन गराउने समूहको पहिचान भने भएको छैन । चुनाव बहिष्कारमा लागेको नेपाल कम्युनिस्ट पार्टीले गराएको हुनसक्ने आशंका गरिएको छ । प्रहरी उपरीक्षक खापुङले भने

मध्यरातमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएपछि बजारवासी समेत त्रसित भएका थिए । विस्फोटनलगत्तै प्रहरीले घटनास्थललाई घेराउ गरि नियन्त्रणमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्