मुगुमा हाइलक्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु
काठमाडौं, २९ कार्तिक । मुगुमा हाइलक्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा दुई जना घाइते भएका छन् ।
काठमाडौँबाट मुगुको रारा जाँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको गाडी छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित जिमाकाँरा भीरबाट ६०० मिटर तल खसेको हो ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार गाडीमा सवार पाँच जनामध्ये काठमाडौँको कलङ्की बस्ने ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश पिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको हो ।
सो दुर्घटनामा परी चालक ललितपुरका ५८ वर्षीय कञ्चन थापा र सोही ठाउँकी ५४ वर्षीया अञ्जु थापा घाइते भएका छन् ।
दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक रविराज थपलियाले बताए ।























प्रतिक्रिया दिनुहोस्