नेपाल र थाइल्याण्डको खेल वर्षाले प्रभावित, बराबर अंक बाँडे

आइसीसी महिला टि–२० विश्वकपका लागि एशियाली छनोट अन्तर्गतको पहिलो खेल वर्षाको कारण प्रभावित बनेपछि नेपालले थाइल्याण्डसँग अंक बाँडेको छ।

घरेलु टोली रहेको थाइल्याण्डले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा १० रन बनाउँदानै वर्षा सुरु भई खेल रोकियो। त्यसपछि खेल सुरु हुन सकेन र दुवै टोलीले एक–एक अंक बाँडे।

टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै ९० रन जोडेको थियो। उसका लागि चाइवाईले सर्वाधिक २३ रन बनाइन्। त्यस्तै, चानथमले १८ रन बनाइन् उक्त खेल बैंककको टेर्डथाई क्रिकेट रंगशालामा भएको थियो ।
बलिङतर्फ भने नेपालका लागि सरिता मगरले २ विकेट तथा कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले एक एक विकेट लिएका थिए।
प्रतियोगिता अन्तर्गत नेपालले भोलि मंगलबार भने हङकङसँग सामना गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्