सानिमा बैंकको २२औं साधारणसभा सम्पन्न

काठमाडौं, १२ असोज । सानिमा बैंक लिमिटेडको २२औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ ।
बैंकका अध्यक्ष श्री तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार २०८३ आषाढ मसान्तको साधारण शेयर पँुजीको १० प्रतिशत नगद लाभांश (कर सहित) र अग्राधिकार शेयर पँुजीको ८.२५ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट श्री तेज बहादुर चन्द र महेश घिमिरे २२औं वार्षिक साधारणसभाबाट संचालकमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

आर्थिक बर्ष २०८२/८३ मा रु. ३.५५ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २९१.२१ अर्ब, कुल निक्षेप रु. २४९.९३ अर्ब तथा खुद कर्जा सापटी रु २०३.९९ अर्ब रहेको छ । आर्थिक वर्ष २०८१/८२ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १०.८४ प्रतिशत, ११.१९ प्रतिशत र १०.५० प्रतिशतले बृद्धि गरेको छ ।

बैंकको वित्तीय परिसूचक (असार मसान्त २०८३) निष्क्रिय कर्जा २.८७% पुँजीकोष १२.८३% तरलता ३०.६८% कर्जा निक्षेप अनुपात (मासिक औसत) ८०.७७% ।

 

प्रतिक्रिया दिनुहोस्