बाढी प्रभावितका लागि आर्या फार्माले नुवाकोटमा ७ दिने स्वास्थ्य शिविर चलाउने
काठमाडौं, २९ भदौं । आर्या फार्मा ल्याब प्रालिले बाढी प्रभावित क्षेत्र नुवाकोटमा सातदिने निःशुल्क सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । प्रभावित समुदायमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ कम्पनीले चितवन मेडिकल कलेजसँग सहकार्य गरेको जनाएको छ ।
शिविर नुवाकोटको विदुर नगरपालिकाका बाढी प्रभावित क्षेत्रका नागरिकलाई लक्षित गरी आयोजना गरिनेछ । जसअनुसार विदुर नगरपालिका–७ स्थित सलोचना स्कुल, वडा नं. ५ स्थित त्रिशूली विद्यालय तथा वडा नं. ९ स्थित भैरवडाँडामा शिविर सञ्चालन गर्ने कार्यतालिका छ।
शिविरमा स्थानीय बासिन्दालाई विशेषज्ञ चिकित्सकहरूमार्फत स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श, आवश्यक औषधिको निःशुल्क वितरण तथा विभिन्न रोगहरूको परीक्षण सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ। यसका साथै थप उपचार आवश्यक पर्ने बिरामीहरूको पहिचान गरी सम्बन्धित विशेषज्ञ स्वास्थ्य संस्थामा ‘रेफर’ गर्ने व्यवस्थासमेत मिलाइनेछ ।
यसअघि आर्या फार्माले ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा ८२ लाख रूपैयाँ बराबरको औषधिजन्य सामग्री सहयोग गरिसकेको छ। सोही राहत अभियानलाई निरन्तरता दिँदै कम्पनीले अब प्रत्यक्ष रूपमै समुदायमा पुगेर स्वास्थ्य सेवा दिन लागेको बताएको छ ।





प्रतिक्रिया दिनुहोस्