विश्वशान्तिको कामना गर्दै बौद्ध गुम्बामा त्रिदिवशीय पूजा पाठ र प्रवचन शुरु
काठमाडौं, २९ भदौं । विश्वशान्तिको कामना तथा प्राकृतिक प्रकोपबाट मृत्यु भएकाको चिर शान्तिको कामना गर्दै बौद्ध गुम्बामा त्रिदिवशीय पूजा पाठ र प्रवचन शुरु गरिएको छ ।
विभिन्न धर्म गुरुहरूको सहभागितामा विश्व शान्तिको कामना गर्दै आज असोज २९ देखि ३१ गतेसम्म दैनिक पाठ पूजा गरिने छ। सारा जगतमा मानिसलगायत जीव जन्तुको रक्षाको कामना र मृतकको चिर शान्तिको कामनाका लागि दैनिक बौद्ध परम्परा अनुसार पूजा गरिने छ।
धार्मिक बोद्ध गुरु श्याल्पा तेन्जिन रिन्पोछको नेतृत्वमा बौद्ध तथा हिन्दू धर्मका गुरुले भगवान बुद्धका उपदेश, भातृत्वको कामना, विश्व शान्तिको कामना गरिएको सभामा डा। चिन्तामणि योगीले भाइचाराको सम्बन्ध मजबुत बनाउने, मानवताको भाव विकास गर्न जोड दिनुभएको छ।
विश्व शान्ति तथा शान्ति धाम निर्माणमा धर्म गुरु श्यालपा रिन्पोछको योगदान रहेको जनाइएको छ। उहाँले बौद्ध धर्म र विश्व शान्तिको लागि महत्पूर्ण योगदन गर्दै आएका छन् ।




प्रतिक्रिया दिनुहोस्