मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु
काठमाडौं, २८ भदौं । इटहरी उपमहानगरपालिका(७ बालग्रामस्थित पूर्व-पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । गएराति ०२ः५० बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२-०४३ प ५५१४ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बालग्राम, इलाका प्रहरी कार्यालय इटहरी, र इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
दुवै जनाको उद्धार गरी बिहान ०३स:२३ बजे उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान घोपा पठाएको थियो ।
उपचारका क्रममा मोटरसाइकल चालक सुनसरीको इनरुवा नगरपालिका-३ बस्ने २९ वर्षीय पारस थापाको बिहान ०५स्११ बजे मृत्यु भएको अस्पतालमा खटिएको प्रहरी कर्मचारीमार्फत जानकारी प्राप्त भएको छ ।
त्यस्तै, मोटरसाइकलमा पछाडि सवार जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारी इनरुवा नगरपालिका(३ बस्ने ३४ वर्षीय सागर रेग्मीको उपचारका क्रममा बिहान ०४:५२ बजे मृत्यु भएको हो ।
दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्