यशोदा फुड्स र श्रीराम टोबाद्वारा बाढी प्रभावितलाई ३ करोड ५१ लाख ५१ हजार नगद र ३० लाख बराबरको करेन्ट चाउचाउ सहयोग प्रदान
काठमाडौं, २४ भदौं । हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले यशोदा फुड्स प्रा। लि। र श्रीराम टोबाकोद्वारा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सघाउन नेपाल सरकारको ुप्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषु मा रु। ३ करोड ५१ लाख ५१ हजार ९तीन करोड एकाउन्न लाख एकाउन्न हजार रुपैयाँ० आर्थिक सहयोग प्रदान गरेका छन्।
उक्त रकम बराबरको चेक ग्रुपका अध्यक्ष श्री कमल किशोर मालपानीज्यू र चेयरमेन श्री चुन्न प्रसाद शर्माज्यूले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको थियो।
यसका साथै, बाढी प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट र धादिङ लगायतका अति प्रभावित स्थानहरू तथा पीडितहरूलाई राखिएका आश्रयस्थलहरूमा कम्पनीले अत्यावश्यक राहत सामग्रीको रूपमा रु। ३० लाख बराबरको करेन्ट चाउचाउ पठाएर सम्बन्धित निकाय र प्रभावित जनतालाई प्रत्यक्ष रूपमा उक्त चाउचाउहरु वितरण गरेको थियो र आवश्यक परेमा अझै पनि चाउचाउ पठाउन र पिडितलाई सहयोग गर्न तत्पर रहेको कम्पनीले जनाएको छ।
साथै, यस विपदको घडीमा आवश्यक पर्ने अन्य कुनै पनि किसिमको सहयोग गर्नका लागि यशोदा ग्रुप इण्डस्ट्रिज प्रा।लि पूर्णरूपमा तयार र प्रतिबद्ध रहेको कुरा कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्