बाढीमा परी निधन भएकाको सम्झनामा दीप प्रज्वलन, घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना
काठमाडौं, २२ भदौ । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण सहित घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन गरिएको छ।
काठमाडौंको अनामनगर, नेपाल पर्यटन वोर्डको परिषर, वसन्तपुर दरबार स्क्वायर, चावहिल, पशुपनिाथ मन्दिर प्राङ्गण लगायत देशभर दीप प्रज्वलन गर्दै उनीहरूको स्मरण गरिएको हो। त्यस्तै बाढीमा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता भएकाको अवस्था छिटो पत्ता लागोस् कामना पनि गरिएको छ।
सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको थियो। रसुवा बाढीमा परेर अहिलेसम्म १३५६ जनाको निधन पुष्टि भइसकेको छ। करिब ५ हजार हाराहारी अझै सम्पर्कविहीन छन्। यी सबैको कामनामा आज दीप प्रज्वलन कार्यक्रममा अधिकांश मानिस सहभागि थिए ।


प्रतिक्रिया दिनुहोस्