मञ्जुश्री फाइनान्स लिमिटेडलेद्वारा बाढी प्रभावितहरुलाई ३० लाख रुपैयाँ सहयोग प्रदान
काठमाडौं, १७ भदौं । मञ्जुश्री फाइनान्स लिमिटेडद्वारा बाढी प्रभावितहरुलाई राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
कम्पनीले विपद्का कारण प्रभावितहरुको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले फाइनान्सका अध्यक्ष सुमन प्रसाद अधिकारी, सञ्चालक यादव अधिकारी, प्रमुख कार्यकारी अधिकृत तेजराज तिमल्सिना र उप -प्रमुख कार्यकारी अधिकृत पदम ठकुल्लाको उपस्थितिमा अर्थमन्त्री स्वर्णीम वाग्लेमार्फत उक्त रकम प्रदान गरेको हो ।
कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सो रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । गरिएको यो सहयोगले विपद्को समयमा प्रभावित समुदायलाई राहत पुर्याउन योगदान पुग्ने कम्पनीको विश्वास छ।
मञ्जुश्री फाइनान्सले विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु आफ्नो सामाजिक उत्तरदायित्व भएको उल्लेख गर्दै राहत तथा उद्धार अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीले डिजिटल प्रविधि मार्फत आफ्नो प्रवाह गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्