धेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना
काठमाडौं, १७ भदौ । आज हिमाली भूभागका केही तथा पहाडी भू(भागका धेरै स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना रहेको छ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका केही स्थानमा तथा मधेश प्रदेश साथै कोशी प्रदेशका तराई भू(भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको हिमाली भू(भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा भने भारी वर्षाको पूर्वानुमान गरिएको छ ।
बज राति पनि देशभर साधारणतया बादल लाग्नेछ । हिमाली र पहाडी भू(भागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।
देशका तराई भू(भागका थोरै स्थानमा स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू(भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।


प्रतिक्रिया दिनुहोस्