बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला

काठमाडौं, ११ भदौ। रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको जनाएकोहो ।

प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनुहँमा ९, पूर्वी नवलपरासीमा ३२ र पश्चिम नवलपरासीमा ६ जनाको शव फेला परेको हो ।

अहिले खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी लगायत सरक्षाकर्मीहरु परिचालन भएका छन् । घाइतेहरूको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ । अझै कति वेपत्ता भएका छन् भन्न एकिन तथ्यांक आएको छैन । बैंक, वित्तिय संस्था, हाईड्रोपावर कम्पनीहरुमा कार्यरत कर्मचारी तथा स्थानीयहरु सम्पर्क विहिन भएकाले खोज तथा उद्धार कार्य जारीछ ।

 

प्रतिक्रिया दिनुहोस्