प्रधानमन्त्री बालेन शाह न्नपूर्ण ईको भिलेज रिसोर्टम 

काठमाडौं, ५ भदौ । प्रधानमन्त्री बालेन शाह कास्कीको माच्छापुच्छ्रे गाउँपालिका–६ अस्तामस्थित अन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगेका छन् ।

उनी आज पोखरा हुँदै अस्ताम पुगेका हुन् । उनी दिउँसो ३ बजे रिसोर्ट पुगेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, उनी पूर्णतस् पारिवारिक भ्रमणका लागि त्यसतर्फ गएका हुन् ।

उनी आज सोही रिसोर्टमा बस्नेछन् भने भोलि त्यहाँबाट मुस्ताङ जाने कार्यतालिका छ । कृहिले फर्कन भन्ने कार्यतालिका भने तय भईसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्