विमानस्थलबाट वायु सेवा निगमका दुई कर्मचारी पक्राउ
काठमाडौं ,१ भदौ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमका दुई कर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोरखा घर भएकी ममता पाण्डे र काठमाडौंकी जननी बज्राचार्य छन् । उनीहरुले तोकिएको मापदण्डभन्दा बढी रकम लिएर बाहिर जान लागेको विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालले बताए । उनीहरु मलेसिया जान लागेको बताइएको छ ।
जननीबाट ४ हजार ३ सय अमेरिकी डलर र १२ हजार ३७२ मलेसियन रिंगेट बरामद भएको छ । ममताबाट ४ हजार २ सय अमेरिकी डलर र १२ हजार ३२८ मलेसियन रिंगेट बरामद भएको छ ।
पक्राउ परेका दुबै जनालाई अनुसन्धानका लागि सम्पत्ति सुद्धिकरण विभाग पुल्चोक पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्