दक्षिण कोरियासँग रुष्ट ट्रम्पले भने– ‘उत्तर कोरियाका किम जोङसँग मेरो निकै राम्रो सम्बन्ध छ’

काठमाडौं, १ भदौ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग गरिने संयुक्त सैन्य अभ्यासहरूलाई उल्लेख्य रूपमा घटाउने बताएका छन् । उनले उत्तर कोरियाका नेता किम जोङ उनसँग आफ्नो धेरै राम्रो सम्बन्ध रहेको उल्लेख पनि गरेका छन् ।

‘उत्तर कोरियाका किम जोङ उनसँग मेरो निकै राम्रो सम्बन्ध भएकाले, अमेरिकाले धेरैअघि दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यासमा सहभागी हुने सहमति गरेको तथ्यबाट म खुसी छैन’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन् ।

दक्षिण कोरियाले हालै अमेरिकासँग मिलेर इरानको परमाणु निस्शस्त्रीकरण अभियानमा सहभागी हुन अस्वीकार गरेको पनि बताएका छन् ।

‘यी अभ्यासहरू महँगा मात्र छैनन्, जसको ठूलो हिस्सा सामान्यतया अमेरिकाले नै बेहोर्छ, बरु यिनले पूर्ण रूपमा अनुपयुक्त र शत्रुतापूर्ण संकेत पनि दिन्छन्,’ उनले लेखेका छन् ।

तर दक्षिण कोरियाले भने अमेरिका–दक्षिण कोरियाबीचका सैन्य अभ्यासहरू निर्धारित कार्यक्रमअनुसार नै हुने बताएको छ ।

उत्तर कोरियाले भने यसबारे अहिलेसम्म प्रतिक्रिया दिएको छैन । यसैबीच, उत्तर कोरियाले यसै महिनामा संयुक्त राष्ट्रसंघद्वारा प्रतिबन्धित ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणहरू गरेको थियो ।

ट्रम्पले आइतबार सामाजिक सञ्जालमा अब अभ्यास रद्द गर्न धेरै ढिलो भइसकेको उल्लेख गरेका थिए । ‘मैले हालै दक्षिण कोरियाका राष्ट्रपतिलाई इस्लामिक गणतन्त्र इरानको परमाणु निस्शस्त्रीकरणमा हामीसँग सहभागी हुन चाहनुहुन्छ कि भनेर सोधेको थिएँ । उहाँहरूले भन्नुभयो होइन धन्यवाद ।’

ट्रम्पको यो घोषणा उनले सन् २०१९ मा किम जोङ उनसँग खिचाएको पुरानो तस्बिर पोस्ट गरेको २४ घण्टा नबित्दै आएको हो । उनले आफूहरू महान मित्र भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्