बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिंदै

काठमाडौं, १ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिने भएका छन् ।

सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा बानियाँले विश्वासको मत लिने लागेका हुन् ।

सरकारमा सहभागी नेकपा एमालेले ६ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले विश्वासको मत लिन लागेका हुन् ।

सरकारमा सहभागी एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा छन् । सरकार टिकाउन उनलाई अन्य साना दलहरूको समर्थन आवश्यक छ ।

बागमती प्रदेश सभामा कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल छ । नेकपाको २६ सिट र एमालेको २५ सिट ९उपसभामुखसहित० छ । अन्य राप्रपाको १२, नेमकिपाको तीन र हाम्रो नेपाली पार्टीको दुई सिट छ ।

बागमतीमा नयाँ सरकार गठनका लागि ५३ जना प्रदेश सभा सदस्यको बहुमत पुर्‍याउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्